मंगलवार, आश्विन २७,२०८३ 08:12:48
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:12:48
Bizshala
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार

Bizshala
हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार
New Office

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ९९.७२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३० करोड १७ लाख रुपैयाँ थियो ।  

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १५४.६५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यो रकम ७८ करोड ३८ लाख रुपैयाँमा सीमित थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीको खर्च पनि उल्लेख्य मात्रामा वृद्धि भएके छ । कम्पनीको कुल खर्च ८ढ.३४ प्रतिशतले बढ्दै १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म ७३ करोड १५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  

कम्पनीको कुल आम्दानी २ अर्ब ४६ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ९२.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ७१ लाख रुपैयाँ रहेको महाविपत्ती कोषको आका्र बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार पनि ३ करोड ९३ लाखबाट बढेर ६९ करोड २८ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ३५ करोड ८१ लाखबाट बढेर ७५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा पनि सुधार भएको छ । ईपीएस ८.६२ बाट बढेर १२.०५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४७.३० रुपैयाँ र पीई अनुपात ४१.३१ गुणा कायम भएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X