काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४ प्रतिशत बोनस सेयर अर्थात ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आव २०७९÷८० का लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ४.२१ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब भोलिदेखि उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।