बुधबार, फाल्गुन १४,२०८१ 09:52:26
IME remit
  • बुधबार, फाल्गुन १४,२०८१ 09:52:26
IME remit
Global IME Bank Limited

हिमालयन लाइफका कर्मचारीको बोनस झण्डै दोब्बरले वृद्धि, तलब वितरणमा १६ करोड खर्च

Hyundai Nepal
हिमालयन लाइफका कर्मचारीको बोनस झण्डै दोब्बरले वृद्धि, तलब वितरणमा १६ करोड खर्च
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको बोनस ८९.२२ प्रतिशतले बढाएको छ । कम्पनीले आव २०७९/८० का लागि कर्मचारीलाई बाँड्ने बोनस झण्डै दोब्बरले बढाएको हो ।  

उक्त आवमा कम्पनीले कर्मचारीलाई ७ करोड ७० लाख ७३ हजार रुपैयाँ बोनस वितरण गरेको छ । कम्पनीले आव २०७८/७९ मा भने कर्मचारीलाई ४ करोड ७ लाख ३३ हजार रुपैयाँ बोनस बाँडेको थियो ।  

त्यस्तै, यता कर्मचारीको तलब पनि २६.४३ प्रतिशत बृद्धि गरिएको छ । उक्त आवमा कम्पनीले कर्मचारीलाई १६ करोड ९ लाख रुपैयाँ तलब वितरण गरेको छ।  यो रकम अघिल्लो आवको तुलनामा २६ प्रतिशत बढी हो । आव २०७८÷७९ मा कम्पनीले १२ करोड ७३ लाख रुपैयाँ तलब बाँडेको थियो ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

कर्मचारीले पाउने भत्ता शिर्षकमा भने कम्पनीले ८ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ । यो रकम पनि आव २०७८/७९ को तुलनामा १८.२० प्रतिशत बढी हो । उक्त आवमा कम्पनीले तलब भत्ता शिर्षकमा ७ करोड ५७ लाख रुपैयाँ छुट्याएको थियो ।  

यसका साथै, कम्पनीले चाडपर्व भत्ताका लागि १ करोड ४२ लाख, ग्रेज्युटी शिर्षकमा १ करोड ५५ लाख, अन्य शिर्षकमा १९ लाख, सामाजिक सुरक्षा कोषका लागि १ करोड ५३ लाख, विदा भत्ता वापत ३ करोड ९८ लाख, युनिफर्मका लागि २५ लाख, तालिमका लागि ४६ लाख ८० हजार, कर्मचारीको बीमा सुविधा वापत ८३ लाख २९ हजार, कर्मचारी विदाइमा १३ लाख ७० हजार र ओभर टाइम काम गरेवापत १ लाख ८२ हजार रुपैयाँ खर्च गरेको छ ।  

Sagarmatha Cement

त्यस्तै, कर्मचारीको फर्ममेन्समा १६ लाख ६६ हजार, भीआरएस सुविधावापत १७ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । यसरी कम्पनीले उक्त आवमा कर्मचारी सुविधाका लागि कुल ६० करोड ६८ लाख ७७ हजार रुपैयाँ खर्च गरेको छ ।  

यो रकम गत आवको तुलनामा ९१.६३ प्रतिशत बढी हो । आव २०७८/७९ मा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि ३१ करोड ६६ लाख रुपैयाँ छुट्याएको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.