शनिबार, जेष्ठ २,२०८३ 06:21:32
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:21:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एजेन्सी म्यानेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ

Laxmi Sunrise Bank Limited
एजेन्सी म्यानेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई  अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ ।  

एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश गर्न सहज बनाउने उद्धेश्यले यस प्रकारको पहुँच दिएको हो ।

एजेन्सी मेनेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफुले गरेको बीमा प्रस्ताव स्वीकृतीको लागि कम्पनीमा पेश गर्न सकिने व्यवस्था मिलाएको छ । एजेन्सी मेनेजरले बीमा प्रस्तावको लागि तोकिएका कागजात तथा विवरणहरु एजेन्सी पोर्टलमा पेश गरे पछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रकृया पुरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने प्रवन्ध गरिएको छ ।  

Bizshala
New Office
CG Motors

एजेन्सी मेनेजरलाई दिईएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ । कम्पनीले एजेन्सी मेनेजरलाई दिएको सुविधाको कारण बीमा प्रस्ताव स्वीकृती छिटो, छरितो र सहज रुपमा हुने भएको छ ।  

कम्पनीले एजेन्सी मेनेजरहरुलाई अण्डरराईटारको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित शर्तहरु पुरा गरे पछि एजेन्सी मेनेजरहरुलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले जानकारी दिए ।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीले एजेन्सी मेनेजरलाई पहुँच दिईएको एजेन्सी पोर्टलबाट व्यवसाय सम्बन्धी रिपोर्ट लगायतका विवरणहरु जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गरी कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउदै लैजान प्रयास भईरहेको कम्पनीले जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.