काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०७९/८० का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२८.७७ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८८.८० रुपैयाँ कायम थियो ।
कम्पनीले आव २०७९/८० का लागि १४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन ११ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान साढे १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।