आईतवार, भाद्र २३,२०८१ 07:27:33
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:27:33
IME remit
Global IME Bank Limited

झण्डै १ करोड प्रिमियम संकलन गरेर बिक्रम उदास बने नेपाल टप अभिकर्ता, ह्याट्रिक हान्ने योजना

Hyundai Nepal
झण्डै १ करोड प्रिमियम संकलन गरेर बिक्रम उदास बने नेपाल टप अभिकर्ता, ह्याट्रिक हान्ने योजना
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता बिक्रम उदास समग्र अभिकर्ताहरुबाट ‘नेपाल टप’ बन्न सफल भएका छन् । साविक युनियन लाइफ इन्स्योरेन्सबाट बीमा अभिकर्ता पेशामा प्रवेश गरेका उदासले सेल्फ कोडबाट सर्वाधिक प्रिमियम संकलन गरी कम्पनीको नेपाल टप एजेन्सी म्यानेजर बनेका हुन् ।  

२०७८ साल वैशाखदेखि बीमा क्षेत्रमा प्रवेश गरेका उदासले छोटो समयमा नै यो पेशाबाट धेरै उपलब्धी प्राप्त गरेका छन् । साविक युनियन लाइफबाट प्रवेश गरेका उनले सो कम्पनीबाट सर्वाधिक प्रिमियम संकलन गरेर ‘बीमारत्न’ अवार्ड समेत प्राप्त गरेका छन् ।  

साविक युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ एकआपसमा मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सबाट पनि उनले आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक प्रिमियम संकलन गरेर नेपाल टप बनेका हुन् । उनले गत आर्थिक वर्षमा २० वटा पोलिसी बिक्री गरी झण्डै १ करोड प्रिमियम संकलन गरेका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षमा उत्कृष्ट बीमाशुल्क संकलन गरेर उनी २०२४÷२५ को लागि एमडीआरटी क्वालिफाइड भइसकेका छन् । योसँगै उनी ५औं पटक एमडीआरटी बनेका हुन् । एमडीआरटी क्वालिफाइ हुनका लागि एक अभिकर्ताले आफ्नो सेल्फ कोडबाट एक वर्षभरीमा ४६ लाख ५२ हजार रुपैयाँ प्रिमियम संकलन गर्नुपर्ने व्यवस्था छ ।  

तेर्सापट्टी–३ कास्की स्थायी बसोबास गर्दै आएका उदास कोर्ट अफ टेबल ९सीओटी० समेत बनिसकेका छन् । गण्डकी प्रदेशबाटै उनी पहिलो सीओटी बनेका हुन् । साथै २०२४/२५ का लागि पनि उनी गण्डकी प्रदेशबाट पहिलो एमडीआरटी क्वालिफाइड भएका हुन् । हिमालयन लाइफबाट उनी दुईपटक नेपाल टप बन्न सफल भएका छन् ।  

साथै सन् २०२२ सिड्नीमा भएको ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स’मा समेत उनी सहभागी भइसकेका छन् । अभिकर्ताहरुको लागि यस्तो सम्मलेनमा सहभागी हुँदा ठूलो उपलब्धी प्राप्त हुने उदास बताउँछन् ।  

‘अष्ट्रेलियामा भएको एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी भइसकेको छु, जसबाट मैले धेरै कुरा सिक्ने अवसर पाएको थिए’ उनले भने, ‘कन्फ्रेन्समा धेरै देशका अभिकर्ताहरु आउने भएकाले वास्तवमा अभिकर्ता पेशा के हो र कसरी बीमा बिक्री गर्ने भन्ने खालका सिपहरु सिक्ने अवसर मिल्छ ।’

सन् २०२५ मा फ्लोरिडा, अमेरिकामा हुने एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुने उनको योजना छ । बीमा क्षेत्रमा सक्रिय अभिकर्ताका रुपमा लागेर आगामी दिनमा ‘नेपाल टप’ बनि ह्याट्रिक हान्ने उनले योजना बनाएका छन् ।  

‘म यो क्षेत्रमा प्रोफेसनल अभिकर्ता त होइन, तर निरन्तर यो क्षेत्रमा रहेर मिहिनेत गर्न चाहान्छु’ उनले भने, ‘आगामी दिनमा आफ्ना सर्कलमा भएको साथीभाईसँगै सर्वसाधारणलाई जीवन बीमाको महत्वको बारेमा राम्रोसँग बुझाई बीमा गर्न प्रेरित गर्नेछु ।’

यो क्षेत्रमा लागिसकेपछि आफुमा समेत परिवर्तन आएको उनी बताउँछन् । ‘बीमा अभिकर्ता पेशामा लागिसकेपछि सबैभन्दा ठूलो बोल्ने शैलीको विकास हुन्छ, साथै यो क्षेत्रबाट नेटवर्किङको विकास हुने भएकाले ठूला ब्यक्तिहरुबाट प्रेरित मिल्ने गरेको छ’ उनले भने, ‘एसईई पास गरेको, बोल्नमा सक्षम तर रोजगारको अवसर नपाएकाहरुका लागि यो क्षेत्र उत्कृष्ट अवसर हुन सक्छ । निरन्तर मिहिनेत गर्ने हो भने यो पेशाले धेरै उपलब्धी दिन्छ ।’ 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X