काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्ष आव २०८०÷८१ का लागि ८ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश पारित गर्न आगामी असार १० गते काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।