बिहीबार, भाद्र १८,२०८३ 11:06:29
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 11:06:29
Bizshala
Global IME Bank Limited

बाढीपीडितको राहत र पुनःस्थापनामा हिमालयन लाइफको साथ, उद्धार कोषमा ५१ लाख

बाढीपीडितको राहत र पुनःस्थापनामा हिमालयन लाइफको साथ, उद्धार कोषमा ५१ लाख
New Office

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष नारायण बजाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्रकुमार खेतानको समेत उपस्थिति थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापनामा सघाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

विपद्पछि सरकारले सुरक्षा निकाय, विभिन्न संघसंस्था र निजी क्षेत्रको सहकार्यमा सञ्चालन गरिरहेको राहत तथा पुनःस्थापना अभियानमा ऐक्यबद्धता जनाउँदै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको हो।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद् तथा अन्य कठिन परिस्थितिमा सहयोग गर्दै आएको उल्लेख गरेको छ। कोषमा उपलब्ध गराइएको रकमले बाढी तथा पहिरोबाट प्रभावित परिवारको तत्कालीन राहत र पुनःस्थापनामा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, संघसंस्था तथा आमनागरिकबीच बलियो सहकार्य आवश्यक रहेको हिमालयन लाइफको भनाइ छ। राष्ट्रलाई आवश्यकता परेको अवस्थामा आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

हिमालयन लाइफले विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभारसमेत व्यक्त गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.