बिहीबार, आश्विन १,२०८३ 12:29:32
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 12:29:32
उद्धार टोलीले हार मानेन, ढिलो सरकारी संयन्त्रले चिलिमेका ६ जनालाई बचाउन सकेन
NEWS

उद्धार टोलीले हार मानेन, ढिलो सरकारी संयन्त्रले चिलिमेका ६ जनालाई बचाउन सकेन

काठमाडौं। भदौ १० गतेको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको भूमिगत पावरहाउसमा फसेका ६ जनालाई जीवितै उद्धार गर्ने प्रयास अन्ततः असफल भएको छ।प्रतिनिधिसभा सदस्यसमेत रहेका इञ्जिनियर श्रीराम न्यौपानेले बुधबार उद्धार प्रयास सफल हुन नसकेको जानकारी दिँदै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। तर, उनको यो अपडेटसँगै एउटा गम्भीर प्रश्न उठेको छ—विपद्को सुरुवाती...

भोटेकोशी बाढीपीडितलाई गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
BANKING

भोटेकोशी बाढीपीडितलाई गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं। गरिमा विकास बैंक र बैंकमा कार्यरत कर्मचारीहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।बैंकका अनुसार कर्मचारीहरूले एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५५० रुपैयाँ सहयोग गरेका छन्। त्यसमा बैंकले ३४ लाख ९० हजार ५६१ रुपैयाँ थप गरी कुल ५१ लाख ११...

बाढीले बगाएका झोलुङ्गे पुलको पुनर्स्थापना तीव्र, ६ वटा १० दिनभित्र सञ्चालनमा ल्याइने
NEWS

बाढीले बगाएका झोलुङ्गे पुलको पुनर्स्थापना तीव्र, ६ वटा १० दिनभित्र सञ्चालनमा ल्याइने

काठमाण्डौ । बाढीबाट क्षतिग्रस्त बनेका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुलहरू मर्मत तथा पुनर्निर्माण गर्न सरकारले काम तीव्र बनाएको छ। क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत आगामी १० दिनभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।बाढीले ती पुलमा प्रयोग भएका फलामे लठ्ठाहरूमा ठूलो क्षति नपुर्‍याए पनि मानिस हिँड्ने भाग अर्थात् ‘डेक’ भने बगाएको...

भोटेकोशी बाढीले थोपर्दै ७ खर्ब २३ अर्बको पुनर्निर्माण भार, ऊर्जा क्षेत्रमै चाहियो झण्डै ४ खर्ब
NEWS

भोटेकोशी बाढीले थोपर्दै ७ खर्ब २३ अर्बको पुनर्निर्माण भार, ऊर्जा क्षेत्रमै चाहियो झण्डै ४ खर्ब

काठमाण्डौ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने सरकारी आकलन सार्वजनिक भएको छ।राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए)...

भोटेकोशी पुनर्निर्माणमा सघाउन विकास साझेदार तयार, पारदर्शी सहायता परिचालनको सरकारी प्रतिबद्धता
ECONOMY& POLITICS

भोटेकोशी पुनर्निर्माणमा सघाउन विकास साझेदार तयार, पारदर्शी सहायता परिचालनको सरकारी प्रतिबद्धता

काठमाण्डौ । रसुवा–भोटेकोशी बाढीबाट भएको व्यापक मानवीय तथा भौतिक क्षतिपछिको पुनरुत्थान र दीर्घकालीन पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सरकारले विकास साझेदारसँग उच्चस्तरीय छलफल गरेको छ।अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा सम्पन्न स्थानीय विकास साझेदार बैठकमा विभिन्न मुलुकका राजदूत, नियोग प्रमुख तथा...

कुन जलविद्युत् आयोजनामा खोज तथा उद्धार कहाँ पुग्यो ? प्रधानमन्त्री बालेनले गराए विस्तृत अपडेट
NEWS

कुन जलविद्युत् आयोजनामा खोज तथा उद्धार कहाँ पुग्यो ? प्रधानमन्त्री बालेनले गराए विस्तृत अपडेट

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका ६ वटा जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको पछिल्लो अवस्था सार्वजनिक गरेका छन्।सोमबार दैनिक अपडेटमार्फत प्रधानमन्त्री शाहले रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भइरहेको खोजीको प्रगति विवरण सार्वजनिक गरेका...

भोटेकोसीको सिरानमा २२ लाख घनमिटर पानी बोकेको ताल रित्तियो, तत्कालको ठूलो जोखिम टर्‍यो
NEWS

भोटेकोसीको सिरानमा २२ लाख घनमिटर पानी बोकेको ताल रित्तियो, तत्कालको ठूलो जोखिम टर्‍यो

काठमाडौं। भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि नेपाल–चीन सीमाक्षेत्रको सिरानमा बनेको विशाल ब्यारियर लेक अर्थात् पहिरोले थुनिएको ताल पूर्ण रूपमा रित्तिएको छ। तालको पानी प्राकृतिक रूपमा निकास भएर नदीले पुनः नियमित बाटो समातेपछि तत्कालका लागि अर्को ठूलो बाढी निम्तिन सक्ने जोखिम टरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार...

पति गुमाएका महिलामाथि डिजिटल हिंसा, बालेनले भने-अब सरकार चुप बस्दैन
NEWS

पति गुमाएका महिलामाथि डिजिटल हिंसा, बालेनले भने-अब सरकार चुप बस्दैन

काठमाडौं। भोटेकोशी बाढीमा आफन्त गुमाएका तथा बेपत्ता परिवारका सदस्यको खोजी प्रभावकारी नभएको भन्दै आक्रोश पोखिरहेका पीडित महिलामाथि सामाजिक सञ्जालमा भइरहेको गालीगलौजप्रति प्रधानमन्त्री बालेन शाहले कडा चेतावनी दिएका छन्।प्रधानमन्त्री शाहले पीडाको घडीमा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूलाई ‘अपराधी’को संज्ञा दिँदै उनीहरूप्रति...

त्रिशुली थ्री ए जलविद्युतको सुरुंगबाट जिवित व्यक्तिको पहिलो उद्धारपछि खुशीको माहौल, ताली पड्काए सबैले । (भिडियो)

त्रिशूली-३ ‘ए’बाट भोलि ‘राम्रो समाचार’ आउँदैछ !
NEWS

त्रिशूली-३ ‘ए’बाट भोलि ‘राम्रो समाचार’ आउँदैछ !

काठमाडौँ। भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा जटिल बनेको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहसम्म पुग्ने प्रयास निर्णायक मोडमा पुगेको छ। उद्धार कार्यमा प्रत्यक्ष खटिएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले शुक्रबारसम्म ‘इन्जिनियरिङ हिसाबले राम्रो समाचार’ सुनाउन सकिने आशा व्यक्त गरेका छन्।उद्धार टोलीले झन्डै सानो...

बाढीपीडितको राहत र पुनःस्थापनामा हिमालयन लाइफको साथ, उद्धार कोषमा ५१ लाख
INSURANCE

बाढीपीडितको राहत र पुनःस्थापनामा हिमालयन लाइफको साथ, उद्धार कोषमा ५१ लाख

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।कम्पनीका अध्यक्ष नारायण बजाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी...

विपतको मूल्य उपभोक्ताले चुकाउनुपर्ने, ग्यास उद्योगीले बढाए भाउ
NEWS

विपतको मूल्य उपभोक्ताले चुकाउनुपर्ने, ग्यास उद्योगीले बढाए भाउ

काठमाडौं। त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध पारेपछि उत्पन्न असहज परिस्थितिलाई देखाउँदै ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने भएका छन्। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत थपिएको भन्दै उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त असुल्न आफ्ना सदस्य उद्योगलाई आग्रह...

उद्धार कोषमा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग, कर्मचारीले पनि दिए एकदिनको तलब
BANKING

उद्धार कोषमा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग, कर्मचारीले पनि दिए एकदिनको तलब

काठमाडौं। महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो। कुल सहयोग रकममा बैंकको संस्थागत योगदानसँगै बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनबराबरको पारिश्रमिकसमेत समावेश गरिएको छ।

लक्ष्मी सनराइज बैंकले बाढीपीडितका लागि दियो ३ करोड २४ लाख
BANKING

लक्ष्मी सनराइज बैंकले बाढीपीडितका लागि दियो ३ करोड २४ लाख

काठमाडौं। लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो। बाढीबाट प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्काउन तथा पुनर्निर्माण अभियानलाई गति दिन सरकारी तहबाट भइरहेका प्रयासमा सहयोग...

बाढीले थलिएका व्यवसाय उठाउन सरकारको ‘मेगा राहत प्याकेज’
NEWS

बाढीले थलिएका व्यवसाय उठाउन सरकारको ‘मेगा राहत प्याकेज’

काठमाडौँ। भोटेकोशी बाढीबाट थलिएका उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानलाई पुनः सञ्चालनमा ल्याउन सरकारले कर छुट, भन्सार मिनाहा, सस्तो कर्जा र अग्रिम बीमा दाबी भुक्तानीसहितको विशेष पुनरुत्थान प्याकेज घोषणा गरेको छ।अर्थ मन्त्रालयको प्रस्तावमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीका कारण कारोबार, उत्पादन, आयात–निर्यात र आपूर्ति प्रणालीमा परेको असर न्यूनीकरण...

प्रधानमन्त्री राहत कोषमा दिएको रकम अब CSR खर्चमा गणना हुने
NEWS

प्रधानमन्त्री राहत कोषमा दिएको रकम अब CSR खर्चमा गणना हुने

काठमाडौँ। कम्पनी तथा अन्य निकायले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको रकम अब सीएसआर खर्चका रूपमा गणना हुने भएको छ। मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ मा गरिएको त्यस्तो योगदानलाई मान्यता दिने गरी सम्बन्धित ऐन, नियम तथा निर्देशिका परिमार्जन गर्ने निर्णय गरेको हो।अहिले विभिन्न नियामकअन्तर्गत रहेका बैंक, बीमा...

बाढी प्रभावित साना करदाताको एक वर्षको आयकर पूरै छुट हुने
ECONOMY& POLITICS

बाढी प्रभावित साना करदाताको एक वर्षको आयकर पूरै छुट हुने

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित भई पूर्वानुमानित आय विवरण डी–०१ बुझाउने व्यक्तिले आय वर्ष २०८२/८३ को आयकर पूर्ण रूपमा छुट पाउने भएका छन्। मन्त्रिपरिषद्ले साना करदातालाई लक्षित गर्दै एक आर्थिक वर्षको आयकर नै मिनाहा गर्ने निर्णय गरेको हो।डी–०१ विवरण सामान्यतया पूर्वानुमानित आयका आधारमा कर बुझाउने साना व्यवसायी तथा प्राकृतिक व्यक्तिसँग सम्बन्धित हुन्छ।...

भोटेकोशी बाढीको बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
INSURANCE

भोटेकोशी बाढीको बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी

काठमाडौँ। भोटेकोशी बाढीबाट क्षति बेहोरेका बीमितले अन्तिम दाबी मूल्याङ्कन नटुंगिँदै बढीमा ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी पाउने भएका छन्। मन्त्रिपरिषद्ले प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले अग्रिम रकम उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको हो।यस निर्णयले क्षतिग्रस्त उद्योग, व्यापार, सवारी तथा अन्य बीमित सम्पत्तिका...

भोटेकोशी विपत्तिको सातौँ दिनमा बल्ल सरकारले माग्यो जलविद्युत् श्रमिकको हिसाब
NEWS

भोटेकोशी विपत्तिको सातौँ दिनमा बल्ल सरकारले माग्यो जलविद्युत् श्रमिकको हिसाब

काठमाण्डौ । भोटेकोशी–त्रिशूली करिडोरमा विनाशकारी बाढी आएको सातौँ दिनमा बल्ल सरकारले प्रभावित जलविद्युत् आयोजनामा कार्यरत श्रमिकको अवस्था खोज्न थालेको छ।भदौ १० गतेको बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याए पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले भदौ १६ गते मात्र श्रमिकको विस्तृत...

नागरिक तहबाट सरकारलाई दैनिक ठूलो सहयोग, बुधबार मात्रै सवा १५ करोड संकलन
NEWS

नागरिक तहबाट सरकारलाई दैनिक ठूलो सहयोग, बुधबार मात्रै सवा १५ करोड संकलन

काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई नागरिक तथा संस्थागत तहबाट प्राप्त हुने सहयोगले बुधबार पनि उत्साहजनक निरन्तरता पाएको छ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि बुधबार मात्रै १५ करोड २१ लाख ६२ हजार ४५ रुपैयाँ ९१ पैसा बराबरको सहयोग जुटेको अर्थ मन्त्रालयले जनाएको छ।

उद्धार नसकिँदै पुनर्निर्माणमा सरकारको ‘फास्ट ट्र्याक’, बाढी गएको चौथो दिनमै सडक निर्माणको ठेक्का
NEWS

उद्धार नसकिँदै पुनर्निर्माणमा सरकारको ‘फास्ट ट्र्याक’, बाढी गएको चौथो दिनमै सडक निर्माणको ठेक्का

काठमाडौँ। भोटेकोशी बाढीबाट तहसनहस भएको क्षेत्रमा खोज, उद्धार र राहतको काम चलिरहेकै बेला सरकारले पुनर्निर्माणलाई समेत असाधारण गतिमा अगाडि बढाउने संकेत दिएको छ। बाढीले सडक संरचना बगाएको चौथो दिनमै सरकारले क्षतिग्रस्त गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पुनःस्थापनाका लागि ठेक्का प्रक्रिया अघि बढाएको हो।भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक...

जलविद्युत आयोजनामा फसेकाहरुको उद्धार छैठौं दिन पनि असफल: टनेल विज्ञले कहाँ के गरे ?(सूचिसहित)
NEWS

जलविद्युत आयोजनामा फसेकाहरुको उद्धार छैठौं दिन पनि असफल: टनेल विज्ञले कहाँ के गरे ?(सूचिसहित)

काठमाण्डौ । भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा सोमबार पनि हराइरहेका तथा सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रह्यो। नेपाली सेना, विदेशी विशेषज्ञ, प्राविधिक, पर्वतारोही र सुरक्षाकर्मीसहितको संयुक्त टोली विभिन्न आयोजनामा खटिए पनि सुरुङभित्र पानी भरिनु, प्रवेशद्वारमा ढुंगा/माटो थुप्रिनु र संरचना नै क्षतिग्रस्त हुनुजस्ता...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड ५१ लाख सहयोग
INSURANCE

नेशनल लाइफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड ५१ लाख सहयोग

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ।  गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीका कारण पुगेको जनधनको क्षतिपछि पुनर्गठन, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम...

अर्थमन्त्रालयमा ‘भण्डार’, बस्तीमा ‘हाहाकार’ : एकैदिन थुप्रियो ६० करोड, पीडित भने चाउचाउको भरमा !
NEWS

अर्थमन्त्रालयमा ‘भण्डार’, बस्तीमा ‘हाहाकार’ : एकैदिन थुप्रियो ६० करोड, पीडित भने चाउचाउको भरमा !

काठमाण्डौ । राजधानीको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अचेल दिनहुँ ‘दाताको मेला’ लाग्छ। सुट-बुटमा सजिएका उद्योगी, व्यवसायी र परोपकारी संस्थाहरू हातमा करोडौँका चेक बोकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग फोटो खिचाउन तँछाडमछाड गरिरहेका छन्। तर, अर्कोतिर रसुवालगायत बाढी-पहिरो प्रभावित दुर्गम बस्तीहरूमा भने त्रिपालमुनि भोकभोकै रात काट्न बाध्य पीडितहरूको आँसु थामिएको...

भोटेकोशी बाढीपीडितलाई सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
BANKING

भोटेकोशी बाढीपीडितलाई सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ।बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कुल सहयोगमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट ५० लाख र कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको बैंकले जनाएको छ।

बाढीपीडितका लागि सिप्रदी र भोटेकोशी पावरको ५ करोड १ लाख सहयोग
CORPORATE

बाढीपीडितका लागि सिप्रदी र भोटेकोशी पावरको ५ करोड १ लाख सहयोग

काठमाडौँ। सिप्रदी समूहअन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।कम्पनीहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन्। सहयोग रकम बाढी प्रभावित परिवारको उद्धार तथा राहत, स्वास्थ्योपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनामा उपयोग हुने अपेक्षा...

नेपालको बाढी विपत्तिप्रति केन्या सरकारद्वारा दुःख व्यक्त
NEWS

नेपालको बाढी विपत्तिप्रति केन्या सरकारद्वारा दुःख व्यक्त

रसुवाका बाढीपीडितलाई शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट, थप २१ लाख नगद सहयोग
CORPORATE

रसुवाका बाढीपीडितलाई शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट, थप २१ लाख नगद सहयोग

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले रसुवासहित बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ। कम्पनीले सरकारसँगको समन्वयमा बाढीबाट घर गुमाएका ११० परिवारलाई प्रतिपरिवार १०० बोराका दरले शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवासहित विभिन्न क्षेत्रमा ठूलो...

सुरुङभित्र समयसँग जीवनको लडाइँ, चिलिमेबाट दुई शव निकालिए
NEWS

सुरुङभित्र समयसँग जीवनको लडाइँ, चिलिमेबाट दुई शव निकालिए

काठमाडौँ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको चौथो दिन चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुईवटा शव निकालिएका छन्। भारतबाट आएको सुरुङ उद्धार विज्ञ टोली र नेपाली सेनाले आइतबार सुरु गरेको संयुक्त खोजका क्रममा सुरुङको करिब १०० मिटरभित्र शव फेला पारेका हुन्।नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार २५० मिटर लामो सुरुङमा संयुक्त टोली १००...

‘यो दुःखमा नेपाल एक्लै छैन’ : मृतकप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली
NEWS

‘यो दुःखमा नेपाल एक्लै छैन’ : मृतकप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली

काठमाडौँ। रसुवाको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले विपत्तिको यस घडीमा नेपाल एक्लै नरहेको र चीन नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको सन्देशसमेत पठाएका छन्।नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले...

बाढीपीडितका लागि चीनबाट साढे ३३ करोड नगद सहयोग, ५० टन राहत सामग्री पनि काठमाडौँ आइपुग्यो
NEWS

बाढीपीडितका लागि चीनबाट साढे ३३ करोड नगद सहयोग, ५० टन राहत सामग्री पनि काठमाडौँ आइपुग्यो

काठमाडौँ। चीन सरकारले नेपालका बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साढे ३३ करोड रुपैयाँभन्दा बढी नगद सहयोग हस्तान्तरण गरेको छ।नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चीन सरकारले घोषणा गरेको २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।यससँगै चिनियाँ रेडक्रस...

रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख रुपैयाँ
AUTO

रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख रुपैयाँ

काठमाण्डौ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले ज्यान...

भोटेकोशी विपत्तिले सञ्चार क्षेत्रसमेत तहसनहसः पत्रकार बेपत्ता, परिवार सम्पर्कविहीन, रेडियो बन्द
NEWS

भोटेकोशी विपत्तिले सञ्चार क्षेत्रसमेत तहसनहसः पत्रकार बेपत्ता, परिवार सम्पर्कविहीन, रेडियो बन्द

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई समेत गम्भीर रूपमा प्रभावित गरेको छ।प्रेस काउन्सिल नेपालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित पत्रकार, उनीहरूका परिवार तथा सञ्चारमाध्यमको प्रारम्भिक अनुगमन विवरण सार्वजनिक गरेको हो। काउन्सिलको विवरणमा समाचार संकलनका क्रममा गएका पत्रकार...

भोटेकोशी बाढीको अपडेट प्रधानमन्त्रीबाटः ७ हजार ५१४ जनाको उद्धार, मृतकको संख्या ६७५ पुग्यो
CORPORATE

भोटेकोशी बाढीको अपडेट प्रधानमन्त्रीबाटः ७ हजार ५१४ जनाको उद्धार, मृतकको संख्या ६७५ पुग्यो

त्रिशूली–३ ‘बी’को सुरुङमा अड्किएकाको उद्धार गर्न चिनियाँ विज्ञ परिचालन
NEWS

त्रिशूली–३ ‘बी’को सुरुङमा अड्किएकाको उद्धार गर्न चिनियाँ विज्ञ परिचालन

काठमाडौं। बाढीले प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार थप व्यवस्थित र प्राविधिक चरणमा प्रवेश गरेको छ। जोखिमपूर्ण सुरुङमा प्रवेश गरी उद्धारको सम्भावना पहिल्याउन सरकारले ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरेको हो।सरकारको अनुमतिपछि चिनियाँ हेलिकप्टरमार्फत टोलीलाई सोझै आयोजना क्षेत्रमा उतारिएको छ।...

विपत्तिमा पनि ‘पार्टीको पसल’ ? सरकारी कोष छलेर राहत रकम आफ्नै खातामा तान्दै दलहरू
ECONOMY& POLITICS

विपत्तिमा पनि ‘पार्टीको पसल’ ? सरकारी कोष छलेर राहत रकम आफ्नै खातामा तान्दै दलहरू

काठमाडौं। भोटेकोशी बाढीपीडितका लागि संकलित सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने सरकारी प्रयासबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीकै नाममा छुट्टै खाता र क्यूआर कोड सञ्चालन गरेको खुलेको छ।कांग्रेसले रकम आफैं वितरण गर्ने घोषणा भने गरेको छैन। भदौ १२ गते जारी आधिकारिक पत्रमा पार्टीको केन्द्रदेखि पालिका तहसम्मका पदाधिकारी तथा सदस्यबाट आर्थिक सहयोग...

विपत्तिबीच बैंकिङ सेवा नरोक्न राष्ट्र बैंकको कडा सन्देश, वैकल्पिक स्थानबाटै कारोबार चलाउन निर्देशन
BANKING

विपत्तिबीच बैंकिङ सेवा नरोक्न राष्ट्र बैंकको कडा सन्देश, वैकल्पिक स्थानबाटै कारोबार चलाउन निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा कुनै पनि अवस्थामा लामो समय अवरुद्ध हुन नदिन बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन दिएको छ।रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले बैंकका कार्यालय, सञ्चार, विद्युत् तथा यातायात पूर्वाधारमा समेत क्षति पुर्‍याएपछि केन्द्रीय बैंकले वैकल्पिक स्थान र माध्यमबाट...

भोटेकोशी विपत्तिः ६१६ शव फेला, ३२० भारतीय अझै बेपत्ता
NEWS

भोटेकोशी विपत्तिः ६१६ शव फेला, ३२० भारतीय अझै बेपत्ता

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मानवीय क्षतिको आँकडा भयावह बन्दै गएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहँदा शनिबार बिहानसम्म विभिन्न जिल्लामा ६१६ जनाको शव फेला परेको छ। भारत सरकारले आफ्ना ३२० नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ।नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म रसुवादेखि नवलपरासीसम्मका विभिन्न स्थानबाट ती शव बरामद...

भोटेकोशी विपत्तिको ‘ग्राउन्ड जिरो’मा चीनका ६ स्याटेलाइट, बादल छिचोल्दै खिचे हिमपहिरोस्थलका स्पष्ट तस्बिर
NEWS

भोटेकोशी विपत्तिको ‘ग्राउन्ड जिरो’मा चीनका ६ स्याटेलाइट, बादल छिचोल्दै खिचे हिमपहिरोस्थलका स्पष्ट तस्बिर

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा हिमनदीको ठूलो हिस्सा भत्किएर विनाशकारी बाढी आएको केही घण्टामै चीनले आफ्ना ६ वटा व्यावसायिक स्याटेलाइट घटनास्थलतर्फ केन्द्रित गरेको खुलेको छ।बेइजिङस्थित स्याटेलाइट कम्पनी ‘मिनोस्पेस टेक्नोलोजी’ले आफ्नो ‘डोङ्पो’ स्याटेलाइट समूह परिचालन गरी दुर्गम हिमाली भेगमा रहेको हिमपहिरो तथा हिमनदी भत्किएको सम्भावित क्षेत्रका उच्च गुणस्तरीय...

भोटेकोशी बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकद्वारा ३ करोड ८ लाख रुपैयाँ सहयोग
BANKING

भोटेकोशी बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकद्वारा ३ करोड ८ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कुल ३ करोड ८ लाख रुपैयाँबराबरको सहयोग प्रदान गरेको छ।बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो। यसका अतिरिक्त प्रभावित समुदायका लागि ७ लाख रुपैयाँबराबरका विभिन्न खाद्यान्न सामग्रीसमेत प्रदान गरिएको...

बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन, गल्छीमा अवरुद्ध १८ साइट पनि तत्काल सुचारु
CORPORATE

बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन, गल्छीमा अवरुद्ध १८ साइट पनि तत्काल सुचारु

काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा अवरुद्ध एनसेलका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा आएका छन्।विपद्बाट प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट बुधबार पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। अझै १३ साइट पुनःस्थापना हुन बाँकी छन्।

जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने
CORPORATE

जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई)ले बाढीपहिरोलगायत विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गर्न...

भोटेकोशी बाढीमा बालेनको अपडेट: १३ हजार सुरक्षाकर्मी परिचालन, ६९ उडानबाट ५७३ जनाको उद्धार
NEWS

भोटेकोशी बाढीमा बालेनको अपडेट: १३ हजार सुरक्षाकर्मी परिचालन, ६९ उडानबाट ५७३ जनाको उद्धार

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकायका कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।बाढीपहिरोबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि प्रधानमन्त्री शाहले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी...

भोटेकोशीको बाढीले अर्थतन्त्रमा ‘२ खर्बको घाउ’, पुनर्निर्माणमा थपिँदै महँगो भारी
NEWS

भोटेकोशीको बाढीले अर्थतन्त्रमा ‘२ खर्बको घाउ’, पुनर्निर्माणमा थपिँदै महँगो भारी

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षतिसँगै मुलुकको अर्थतन्त्रमा कम्तीमा २ खर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति पुर्‍याएको छ।सरकारले विस्तृत क्षति मूल्यांकन सुरु गर्न नपाउँदै सडक, पुल, भन्सार, जलविद्युत् आयोजना, प्रसारण लाइन, बैंक, पर्यटन, व्यापार तथा यातायात क्षेत्रमा देखिएको विनाशले पुनर्निर्माणको लागत अझै माथि जान सक्ने संकेत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.