काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई)ले बाढीपहिरोलगायत विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको कम्पनीले उल्लेख गरेको छ।
जेजीआईले विपद्को घडीमा ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका नागरिकको शीघ्र उद्धार र जनजीवन सामान्य बन्ने कामना गरेको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको सहयोगार्थ निजी क्षेत्रबाट राहत घोषणा हुने क्रम जारी छ। जावलाखेल ग्रुपले पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेको हो।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।