जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने
काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई)ले बाढीपहिरोलगायत विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गर्न...

