मंगलवार, आश्विन २७,२०८३ 03:28:04
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:28:04
Bizshala
Global IME Bank Limited

नेपालको बाढी विपत्तिप्रति केन्या सरकारद्वारा दुःख व्यक्त

Bizshala
नेपालको बाढी विपत्तिप्रति केन्या सरकारद्वारा दुःख व्यक्त
New Office

काठमाडौं। केन्या सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ।

केन्याका विदेश तथा डायस्पोरा मामिलासम्बन्धी मन्त्रिपरिषद् सचिव डा. मुसालिया मुडाभादीले परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आफ्नो देशले पनि विनाशकारी बाढीको पीडा भोगेको स्मरण गर्दै उनले नेपालको कठिन अवस्था र यसले नागरिकमा पारेको प्रभावलाई केन्याले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गरेका छन्।

“विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको हुनाले हामी नेपाली जनतासँग ऐक्यबद्धता प्रकट गर्दछौँ। ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्नुका साथै आफ्नो जीवन पुनर्निर्माण गरिरहेकाहरूको दृढताको सम्मान गर्दछौँ,” सन्देशमा भनिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

केन्या सरकारले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता निरन्तर रहनेसमेत जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X