काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १९ औं वार्षिक साधारण सभा डाकेको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही माघ २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभा काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
सभामा सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र त्यससम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तीको अनुमोदन समेत गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

