काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरीवाना)मा छुटको व्यवस्था गरेको छ ।
कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु फागुन १९ गतेदेखि २९ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा ५० देखि ७५ प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको छ ।
कम्पनीले ७ वर्षसम्मको बीमालेख नविकरण गर्दा ७५ छुट,७ वर्षदेखिमाथिको अवधिका लागि ५० प्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ । यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ ।