काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको आम्दानीमा आएको गिरावटका कारण नाफा घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.४७ प्रतिशतले कम हो ।
अघिल्लो आवमा कम्पनीले २ करोड ५३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो आवमा १० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने जम्मा ९९ करोड १८ लाख आम्दानी गरेको छ ।
यो अवधिमा कम्पनीको प्रशासनिक खर्च १ करोड २० लाख, वित्त खर्च ४ करोड ३४ लाख,ह्रासकट्टी खर्च २ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा १७ करोड ७० लाख रहेको रिटेन्ड अर्निङ बढेर ३३ करोड ४६ लाख पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब २३ करोड र कुल चालु दायित्व ९ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले सगरमाथा जलविद्युत, माईखोला हाईड्रो,सुरी न्यादी पावर गरी ३ वटा कम्पनीमा ४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९२.०७ रुपैयाँ, पीई रेसियो ८६२.४३ गुणा र तर लता अनुपात २२.८० प्रतिशत कायम भएको छ ।