काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश क्षमता बढेर ६४.८४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा लाभांश क्षमता ५५.१८ प्रतिशत रहेको यो संस्थाको यस्तो अवस्था गत आवमा बढेर ६४.८४ प्रतिशत पुगेको छ । संस्थाको खुद नाफा र वितरणयोग्य मुनाफा वृद्धि हुँदा लाभांश क्षमता बढेको हो ।
संस्थाको खुद नाफा २८.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने संस्थाले ९४ करोड ४४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । संस्थाको वितरणयोग्य मुनाफा पनि २६.९० प्रतिशत बढेको छ । अघिल्लो आवमा १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्टाएको यो संस्थाले गत आवमा २ अर्ब ८ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ । यता संस्थाको ब्याज आम्दानीमा भने सामान्य संकुचन देखिएको छ ।
गत आवमा संस्थाले २ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ०.८४ प्रतिशत कम हो । गत आवको अन्त्यसम्म संस्थाको चुक्तापूँजी ३ अर्ब २१ करोड ५३ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ २ अर्ब ८ करोड ४७ लाख र रिजर्भमा २ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ संचित छ । संस्थाको खराब कर्जा अनुपात पनि ३ प्रतिशतबाट घटेर २.५५ प्रतिशतमा कायम भएको छ ।
साथै संस्थाको सिडि रेसियो ९५.३९ प्रतिशतबाट बढेर ९७.१३ प्रतिशत, बेस रेट १२.४३ प्रतिशतबाट घटेर ११.४६ प्रतिशत र स्प्रेड दर ६.०१ प्रतिशतबाट बढेर ६.४० प्रतिशत पुगेको छ । यता संस्थाको प्रतिसेयर आम्दानी ३१.११ रुपैयाँबाट बढेर ३७.३८ प्रतिशत पुगेको छ भने नेटवर्थ २५७.५४ रुपैयाँ, पीई रेसियो २७.४६ गुणा, आरओई १४.६५ प्रतिशत र तरलता अनुपात २३.०३ प्रतिशत रहेको छ ।