काठमाण्डौ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँदिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई इनप्यासेन्ट तथा आउटप्यासेन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।
कुमारी बैंकले ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।