लाभांश अनुमोदन गर्न कुमारी बैंकले डाक्यो साधारण सभा, बुक क्लोजको मिति समेत तय
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । असोज ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यही असोज २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाण्डौमा रहेको सिल्भर ओक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको २.१०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

