मंगलवार, असार १७,२०८२ 01:34:46
  • मंगलवार, असार १७,२०८२ 01:34:46
Global IME Bank Limited

कुमारी बैंकले पनि घटायो मुद्दती निक्षेपको ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?

Hyundai Nepal
कुमारी बैंकले पनि घटायो मुद्दती निक्षेपको ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।

वैशाख महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत ब्याजदर पाउने छन् । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.५१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना अवधिका लागि ६.५१ प्रतिशत,६ महिनादेखि १ वर्ष अवधिका लागि ७ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७.११ प्रतिशत ब्याजदर पाउनेछन् ।  

त्यस्तै संस्थागत तर्फ चैत महिनामा अधिकतम ६.५१ प्रतिशत ब्याजदर पाएका बैंकका संस्थागत ग्राहकले वैशाख महिनामा भने अधिकतम ६.२६ प्रतिशत ब्याजदर पाउने छन् । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा ६.१६ प्रतिशत र १ वर्षभन्दा माथिको अवधिका लागि भने ६.२६१ प्रतिशत ब्याजदर पाउने छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.