लगानीयोग्य रकम थुप्रिएसँगै माघका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनको कति ?
काठमाण्डौ । देशमा सञ्चालित वाणिज्य बैंकहरूले माघ महिनामा मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन्। बैंकहरूको तरलता उच्च भएका कारण यस महिनामा पनि ब्याजदर घटाउने क्रम जारी छ।हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ बैंकले माघ महिनाका लागि ब्याजदर घटाएका छन् भने सात बैंकले स्थिर राखेका छन्। पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५५ प्रतिशत...

