बिहीबार, बैशाख ३१,२०८३ 01:54:32
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:54:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन

Laxmi Sunrise Bank Limited
बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन
Shivam Cement

काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा देखिएको लगातारको संकुचनका कारण ब्याजदर निरन्तर घटिरहेको देखिएको छ ।  

नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्ट कार्ड प्रस्तुत गर्ने क्रममा यस्तो देखिएको हो ।  

अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निक्षेप र कर्जाका ब्याजदर लगातार घटिरहेको देखिएको छ । 

Bizshala
New Office
CG Motors

केन्द्रीय बैंकका अनुसार २०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा २०८० माघमा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको छ ।

२०८० माघमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो।

२०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।

बैंकको ब्याजदर र सेयर बजारबीच उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा सेयर बजारमा लगानी भित्रिन सपोर्ट हुने ठानिन्छ भने बढ्दा बजारको लगानी समेत बैंकको मुद्दति निक्षेपमा सर्ने ठानिन्छ । यसर्थ सेयर बजारका लागि ब्याजदर लगातार घट्नु सकारात्मक मानिन्छ । अहिलेको अवस्था बजारका लागि निकै सकारात्मक रहेको र ब्याजदर निरन्तर घटिरहेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.