काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले साउन१ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्षका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ५ प्रतिशत र ३ वर्षभन्दामाथिका लागि ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै परिवर्तन गरेको छैन। बैंकले संस्थागत निक्षेपतर्फ साउन महिनाका लागि अधिकतम ४ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ ।
बैंकले साउन महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि २ वर्षसम्मका लागि ३ प्रतिशत,२ वर्षदेखि ३ वर्षसम्मका लागि ३.५० प्रतिशत र ३ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।