काठमाण्डौ । देशमा सञ्चालित वाणिज्य बैंकहरूले वैशाख महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ बैंकले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन्। चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत रहेकोमा वैशाखमा यो ५ प्रतिशतभन्दा तल झरेको छ। औसत ब्याजदर पनि चैतको ४.४९ प्रतिशतबाट घटेर ४.४ प्रतिशतमा सीमित बनेको छ।
समग्रमा वैशाख महिनाका लागि बैंकहरुको औषत ब्याजदर ०।०९४ प्रतिशतविन्दु घटेको छ।
वैशाख महिनाका लागि कुन बैंकको ब्याजदर कति ?
एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपाल बैंक लिमिटेड
बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेका छ ।
प्रभु बैंक
प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंक
बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपका लागि अधिकतम ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले वैशाख महिनाका व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत ब्याजदर तोकेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
ग्लोबल आइएमई बैंक
बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनएमबी बैंक
बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले चैत महिनामा भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।
कृषि विकास बैंक
बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागत निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक
बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले व्यक्तिगत निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागत मुद्दतीको स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.०५ संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१२ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले वैशाख महिनाका व्यक्तिगततर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.११ प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ ।
नबिल बैंक
बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपको स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

