सोमबार, श्रावण १८,२०८३ 09:41:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:41:21
Bizshala
Global IME Bank Limited

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति पाइन्छ ?

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति पाइन्छ ?
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।  

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि वृद्धि गरेको छ । फागुन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले चैत महिनाका लागि भने ७.५४८ प्रतिशत प्रदान गर्ने भएको छ ।  

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ७.२०० प्रतिशत र १२  महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ७.५४८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.