बिहीबार, बैशाख ३१,२०८३ 01:53:51
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:53:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

Laxmi Sunrise Bank Limited
माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर
Shivam Cement

काठमाण्डौ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा बैंकमध्ये १७ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यस्तै २ वटाले घटाउदा एउटाले मात्रै बढाएको छ ।  

माघ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नेपाल बैंक लिमिटेड

बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ भने सस्थागतर्फको घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

प्रभु बैंक  

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ ।  बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।    

Bizshala
New Office
CG Motors

एभरेष्ट बैंक  

बैंकले पनि माघ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ ।  बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । पुस महिनामा संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सानिमा बैंक  

सानिमा बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।  

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । पुस महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले माघ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

ग्लोबल आइएमई बैंक  

बैंकले माघ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

नबिल बैंक  

माघ महिनाका लागि नबिल बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन  । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

एनएमबी बैंक  

बैंकले पनि माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

कृषि विकास बैंक  

बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

माछापुच्छ्रे बैंक  

बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

कुमारी बैंक  

कुमारी बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.