काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ ।
चैत महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ४.८१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.४१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.८१ प्रतिशत ब्याजदर पाउनेछन् ।
फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दतीतर्फ बैंकले अधिकतम ५.९१ प्रतिशत ब्याजदर दिएको थियो ।
कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.५१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.०१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.६१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ६.०१ प्रतिशत ब्याजदर पाउनेछन् ।
त्यस्तै, संस्थागत तर्फ चैत महिनामा अधिकतम ५.०१० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.११० प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.५१० प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४.०१० प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ५.०१० प्रतिशत ब्याजदर पाउने छन् ।
बैंकले फागुन महिनाका लागि संस्थागत ग्राहकलाई मुद्दती निक्षेपमा अधिकतम ४.९१ प्रतिशत ब्याजदर दिएको थियो ।