शनिबार, श्रावण ३०,२०८३ 02:23:27
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 02:23:27
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकद्वारा मुद्दती निक्षेपको अधिकतम ब्याजदर वृद्धि

Prabhu Bank Limited
एभरेष्ट बैंकद्वारा मुद्दती निक्षेपको अधिकतम ब्याजदर वृद्धि
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडका व्यक्तिगत मुद्दती निक्षेपकर्ताले वैशाख महिनाका लागि अधिकतम ७ प्रतिशत ब्याजदर पाउने भएका छन् । बैंकले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा व्यक्तिगत मुद्दती निक्षेपकर्ताले अधिकतम ७ प्रतिशत ब्याजदर पाउने भएका हुन् ।  

यो ब्याजदर चैत महिनामा बैंकले प्रदान गरेको अधिकतम ६.५० प्रतिशतको तुलनामा बढी हो ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि २ वर्ष अवधिका लागि ६.५० प्रतिशत र २ वर्षदेखि माथिका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

CG Motors

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि बढाएकोे छ । बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.