काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने बैंकले अधिकतम ६.१०० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि २४ महिना अवधिका लागि ३.७५० प्रतिशत,२४ महिनादेखि ५ वर्ष अवधिका लागि ४ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि २४ महिनासम्मका लागि २.७५० प्रतिशत,२४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ३ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ३.२५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत २४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ४.२५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ४.२५० प्रतिशत ब्याजदर तोकेको छ ।