बिहीबार, बैशाख ३१,२०८३ 01:53:50
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:53:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

Laxmi Sunrise Bank Limited
अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । कुल २० वटा बैंकमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । यस्तै ९ वटा बैंकले अघिल्लो महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् भने एउटा माबै बैंकले ब्याजदर वृद्धि गरेको छ ।  

कात्तिक महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.१९ प्रतिशत कायम भएको छ । असोज महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत थियो ।  

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ४.९२ प्रतिशत कायम भएको छ । असोज महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.१० प्रतिशत थियो ।  

कात्तिक महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.९९ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल बैंक लिमिटेड

बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Bizshala
New Office
CG Motors

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ ।  बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले यहि ब्याजदर प्रदान गरेको थियो ।  

एभरेष्ट बैंक  

बैंकले कात्तिक महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगतको ब्याजदर घटाएको छ भने संस्थागततर्फ स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

सानिमा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असोज महिना क्रमशः ५.९ र ४.३० प्रतिशत कायम रहेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असोज महिनामा पनि यहि कायम थियो ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले क्रमशः६.५ र ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

नबिल बैंक  

कात्तिक महिनाका लागि नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर दिएको थियो ।  

एनएमबी बैंक  

बैंकले पनि कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन असोज महिनामा क्रमशः७ र ६ प्रतिशत थियो ।  

कृषि विकास बैंक  

बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५६ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन असोज महिनाका लागि क्रमशः६.०७ र ३.७५ प्रतिशत कायम थियो ।  

माछापुच्छ्रे बैंक  

बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.