शुक्रबार, बैशाख ४,२०८३ 02:34:11
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:34:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी बैंकद्वारा २७.५७ करोड खुद नाफा आर्जन, निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो

Bizshala
कुमारी बैंकद्वारा २७.५७ करोड खुद नाफा आर्जन, निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६८.२० प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको खुद नाफा ८६ करोड ७२ लाख रुपैयाँ थियो ।    

बैंकले नाफासँगै खुद ब्याज आम्दानीमा पनि कमी आएको छ । समीक्षा अवधिमा बैंकले ५ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा भने ७.१९ प्रतिशतले कम हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ४८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकको सञ्चालन मुनाफामा पनि घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४९ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा घटेर ७२ करोड १५ लाखमा झरेको छ ।  

यो अवधिसम्म बैंकले १५ अर्ब २६ करोड रुपैयाँबराबरको रिजर्भ गरेको छ । बैंकको रिटेन्ड अर्निङ भने ६ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ ।  

निक्षेप संकलन ३ खर्ब ३३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २ खर्ब ६८ अर्बबाट बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

बैंकको वितरणयोग्य मुनाफा भने ६ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशतबाट बढेर ६.९६ प्रतिशत पुगेको छ ।    

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)६.६१ रुपैयाँबाट घटेर २.१० रुपैयाँमा खुम्चिएको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १३३.५१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९९.५२ गुणा र तरलता अनुपात ३०.६१ प्रतिशत कायम भएको छ ।    

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.