बुधबार, असार १०,२०८३ 02:14:10
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:14:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने

Laxmi Sunrise Bank Limited
९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने

काठमाण्डौ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहँु जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८१ माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड,कृषि विकास बैक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

New Office
CG Motors
Garima Development Bank

स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै, डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपूँजी लगानी गर्न पुर्व आवश्यक ड्यु डिजिलेन्स अगाडीे बढाएको कम्पनीका अध्यक्षले बताएका छन् । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन सुुरु गर्नुपर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन(ईआइए)स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभीमा जोडिने छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.