सोमबार, कार्तिक २,२०८३ 03:44:49
  • सोमबार, कार्तिक २,२०८३ 03:44:49
Global IME Bank Limited

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

Bizshala
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले रु. १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु‍¥याउने अपेक्षा गरिएको छ ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेड ले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तारीत काउन्टर, ३०२ एटीएम, ४० शाखारहित बैंकिङ बिन्दुहरू मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.