बुधबार, भाद्र ३१,२०८३ 12:24:09
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 12:24:09
Bizshala
Global IME Bank Limited

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने
New Office

काठमाण्डौ । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।  

घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतमरू. ५० दक्षिणा प्रदान गर्नेछ ।  

त्यसैगरि, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बंैकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतमरू. ५०१ रुपैयाँबराबरको दशंै दक्षिणा प्राप्त गर्न सक्ने छन् । 

Shivam Cement
Bizshala
CG Motors

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।  

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट आकर्षित गरि डिजिटल अर्थ व्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

Muktinath Bikas Bank Limited

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.