मंगलवार, माघ ८,२०८१ 07:24:18
IME remit
  • मंगलवार, माघ ८,२०८१ 07:24:18
IME remit
Global IME Bank Limited

कुमारी बैंकले पनि घटायो ब्याजदर,कुनमा कति पाइन्छ ?

Hyundai Nepal
कुमारी बैंकले पनि घटायो ब्याजदर,कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।  

असोज महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.७१ प्रतिशत ब्याजदर दिएको थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ४.८१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.३१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.८१ प्रतिशत ब्याजदर पाउनेछन् ।  

कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.५१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.०१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.५१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ६.०१ प्रतिशत ब्याजदर पाउनेछन् ।  

Muktinath Bikas Bank Limited

त्यस्तै संस्थागत तर्फ भदौ महिनामा अधिकतम ५.५० प्रतिशत ब्याजदर पाएका बैंकका संस्थागत ग्राहकले असोज महिनामा भने अधिकतम ५.०१ प्रतिशत ब्याजदर पाउने छन् । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.०२७ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२५ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४.०१ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ५.०१ प्रतिशत ब्याजदर पाउने छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.