बुधबार, असार १०,२०८३ 02:14:43
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:14:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना

Laxmi Sunrise Bank Limited
कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त  गरेको छ ।  

बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेषभुषा”पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान गर्न मदत पु¥याएको बैंकले जनाएको छ ।  

कुमारी बैंकले आफ्ना देशव्यापी रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरु प्रवाह गर्दै आएको छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ जगतलाई डिजिटल बैंकिङतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बैंकले उल्लेख गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.