काठमाण्डौ । कुमारी बैंक लिमिटेडले खातावालाहरुलाई राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कुमारी बैंकमा सञ्चालनमा रहेको खातामा नेपाल राष्ट्र बैंकले गरेको अनिवार्य व्यवस्था बमोजिम राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण उपलब्ध गराउन बाँकी रहेको भए २०८१ माघ १ गतेपछि खोलिएका खाताहरुको हकमा २०८२ असार मसान्त अथवा खाता खुलेको मितिले ९० दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न आग्रह गरेको हो ।
उक्त समयसीमाभित्र परिचयपत्र उपलब्ध नभएको खण्डमा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नभएका खाताहरु रोक्का समेत राख्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।