आईतवार, बैशाख ६,२०८३ 01:04:35
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:04:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Bizshala
कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
Shivam Cement

काठमाण्डौ । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । 

ग्लोबल मनी वीक२०२५ को "Think before you follow, wise money tomorrow"भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग,Finfluencers (Financial Influencers)को प्रभाव, र Artificial Intelligence(AI) को प्रवेशले सर्वसाधारण, विषेशगरि युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य राखेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रमअन्तर्गत, सहभागीहरूलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ ।

यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.