काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा आईपुग्ने गरी के–कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि आगामी जेठ १ गतेसम्म आवेदन दिनुपर्नेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                