काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्तापूँजी २६ अर्ब २२ करोड रुपैयाँ बढी रहेको छ । बैंकको साधारण सभाको मिति भने तोकिएको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।