काठमाण्डौ । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केवलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठबीच मंसिर ७ गते छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

