काठमाण्डौ । कुमारी बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विभिन्न विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको हुने भएकाले यो सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।