सोमबार, श्रावण १८,२०८३ 09:40:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:40:31
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको ‘दशैं उत्सव क्यासब्याक अफर’ सञ्चालनमा

कुमारी बैंकको ‘दशैं उत्सव क्यासब्याक अफर’ सञ्चालनमा
New Office

काठमाण्डौ । कुमारी बैंकले दशैंको अवसरमा ‘दशै उत्सव क्यासब्याक अफर’ सञ्चालनमा ल्याएको छ ।  

घटस्थापनादेखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ मार्फत बस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतमरू. ५०१ रुपैयाँबराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।  

यो योजनाअन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।  

कुमारी बैंकले देशभर रहेका ३०२ शाखासञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.