सोमबार, कार्तिक २,२०८३ 03:38:02
  • सोमबार, कार्तिक २,२०८३ 03:38:02
Global IME Bank Limited

कुमारी बैंक र जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनबीच रणनीतिक साझेदारी

Bizshala
कुमारी बैंक र जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनबीच रणनीतिक साझेदारी
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ ।

जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियान अन्तर्गत यो साझेदारी गरिएको हो ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरे । दिगो बैंकिङका लागि दुई चरणको खाकामा हरित बैंकिङ्ग अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो सम्झौता कुमारी बैंकका लागि दिगो बैंकिङ्ग अभ्यासको परिपक्वतातर्फको एउटा निर्णायक कदम भएको कुमारी बैंक लिमिटेडका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने । 

साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ्ग परिपाटीहरुलाई क्रमिकरुपमा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यासहरू समेतका आधारमा परिस्कृत तथा परिमार्जन गर्दैै हरित वित्त, न्यूनकार्बन उत्सजर्न अनि दिगो तथा उत्थानशील उद्यमशिलता प्रर्वद्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेको छ ।  

सम्झौता अनुसार, डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू जस्त इसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि उपलब्ध गराई प्राविधिक सहयोग पुर्याउनेछ । यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सवलिकरण र हरित उद्यम क्षमता अभिवृद्धि गर्न डिस्क बिजनेश गेम पनि सञ्चालन गरिनेछ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाई र ११ सय भन्दा बढी पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.