आईतवार, असार २२,२०८२ 04:03:27
  • आईतवार, असार २२,२०८२ 04:03:27
Global IME Bank Limited

कुमारी बैंकले गर्यो बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था

Hyundai Nepal
कुमारी बैंकले गर्यो बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो बीमा नीतिमा केहि परिवर्तन गरेको छ । बैंकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा प्रदान गर्दै आएको बमिा नीतिमा केहि परिवर्तन गरेको हो ।  

परिवर्तित नयाँ नीति अनुसार अब साउन १ गतेपश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बीमाअन्र्तगत अस्पतलामा भर्ना भएरै उपचार गराएबापत बीमा दाबी गर्न पाउने रकम १ लाख हुने भएको छ । अधिकतम सिमा प्रति बिल ४० हजारबाट बढाएर ५०हजार पुर्याइएको छ । यसअघि स्वास्थ्य बीमाको जम्मा दाबी गर्न पाउने रकम १ लाख रुपैयाँ(अस्पतला भर्ना ८० हजार र ओपीडी उपचार २० हजार प्रतिवर्ष)थियो । अब ओपीडी उपचार खर्च भने पाइने छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै,अब दीर्घरोग लागेको खण्डमा खातावाल तथा खातावालको श्रीमान÷श्रीमती समेतको १ लाख रुपैयाँसम्मको दाबी गर्न पाइने व्यवस्थालाई परिमार्जित गरि खातावालाहरुलाई लागेको दीर्घरोगको दाबी गर्न पाइने भएको छ ।  

साउन १ गतेबाट खोलिएका नयाँ खातामा स्वत नयाँ नीति लागू हुने बैंकले जनाएको छ । साथै २०८१ असार ३१ गतेसम्म खोलिएका खाताहरु तथा उक्त मिति अगावै बीमा पोलिसी नविकरण भएको खण्डमा भने उक्त हालको बीमा पोलिसीको म्याद रहुन्जेलसम्म पुरानै नीति कायम रहनेछ । यद्यपी ग्राहकले पाउने कुल बीमा रकम २६ लाखमा भने कुनै परिवर्तन नगरिएको बैंकले स्पष्ट पारेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.