काठमाण्डौ । कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाण्डौस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम रू.४ हजारसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५% सम्म छुट दिईन्छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखासम्बन्धी शल्यक्रिया गर्दा ५% छुट, सनग्लासमा १०% छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिईनेछ ।
कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।