सोमबार, श्रावण १८,२०८३ 09:40:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:40:49
Bizshala
Global IME Bank Limited

तेस्रो त्रैमाससम्म कस्तो छ कुमारी बैंकको वित्तीय अवस्था ?

तेस्रो त्रैमाससम्म कस्तो छ कुमारी बैंकको वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको आम्दानीसँगै नाफामा कमी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेको छ ।  

बैंकले समीक्षा अवधिसम्म २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै बैंकको खुद आम्दानी पनि घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म ८ अर्ब ४२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवमा भने ७ अर्ब ८९ करोड रुपैयाँबराबरको मात्रै ब्याज आम्दानी गरेको छ ।  

बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३२ करोड र सञ्चालन नाफा ८५ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको रिटेन्ड अर्निङ ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने १५ अर्ब ५३ करोड रुपैयाँ रहेका छ । बैंकको रिजर्भको आकार अघिल्लो आवको तुलनामा ११.३७ प्रतिशतले बढी हो ।  

निक्षेप संकलन ३ खर्ब ३३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह भने २ खर्ब ६८ अर्बबाट घटेर २ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।  

बैंकको वितरणयोग्य मुनाफा भने ६ अर्ब ५० करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको खराब कर्जा अनुपात ४.९५ प्रतिशतबाट बढेर ६.९८ प्रतिशत पुगेको छ ।    

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १४२.०९ गुणा र तरलता अनुपात ३२.५९ प्रतिशत कायम भएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.