काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने भएको छ । कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कुनैपनि लाभांश प्रदान नगर्ने निर्णय गर्दै उक्त आवको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
बैंकको हालको चुक्तापूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

