सोमबार, श्रावण १८,२०८३ 09:44:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:44:49
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको २४औं वार्षिकोत्सव सम्पन्न

कुमारी बैंकको २४औं वार्षिकोत्सव सम्पन्न
New Office

 काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ ।  

कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजनाअनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको जनाएको छ ।  

कुमारी बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो परम्परा र सांस्कृतिको महत्व दर्शाउन ‘परम्परागत भेषभुषा’पहिरन गर्न प्रोत्साहित गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान तथा सम्बर्धन गर्न मद्दत पुर्याएको विश्वास लिएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यक्षेत्रमा ‘बिबिधतामा एकता’लाई जोड दिएको छ । यस पहलमार्फत, बैंकले ‘सबैका लागि सधैका लागि’भन्ने मूल उद्देश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।  

यसका साथै वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना भएको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको बैंकले उल्लेख गरेको छ ।  

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीटएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत बैंकिङ सेवा दिदै आएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.