शनिबार, जेष्ठ २,२०८३ 06:30:09
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:30:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन लाइफले व्यवसायिक प्रयोजनका लागि खरिद गर्यो रु.७५.८१ करोडको जग्गा

Laxmi Sunrise Bank Limited
हिमालयन लाइफले व्यवसायिक प्रयोजनका लागि खरिद गर्यो रु.७५.८१ करोडको जग्गा
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँबढीको जग्गा खरिद गरेको छ । कम्पनीले व्यवसायिक प्रयोजनका लागि कुल ७५ करोड ८१ लाख ६० हजार रुपैयाँबराबरको जग्गा खरिद गरेको हो ।  

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती लिई कम्पनीको व्यवसायिक प्रयोजनका लागि विभिन्न तीनजना जग्गाधनीबाट जग्गा खरिद गरेको जनाएको छ । 

Bizshala
New Office
CG Motors

जसमध्ये काठमाण्डौ महानगरपालिका– ६ चावहिलमा अवस्थित किसनलाल श्रेष्ठ र धुर्ब कुमारी श्रेष्ठको नाममा रहेको कित्ता नं १० को क्षेत्रफल १६२.२० वर्ग मिटर र कित्ता नं १९१ को क्षेत्रफल २,१२६ वर्ग मिटर, सुन्दर कुमार श्रेष्ठको नाममा रहेको कित्ता नं ३१० को क्षेत्रफल १७२.८६ वर्ग मिटर र किसनलाल श्रेष्ठको नाममा रहेको कित्ता नं ३११ को क्षेत्रफल १,२२७१४ वर्ग मिटर गरी कुल ३६८८.२० वर्ग मिटर जग्गा खरिद गरेको छ ।  

यी जग्गाको मूल्य ७२ करोड र रजिष्ट्रेशन शुल्क ३ करोड ८१ लाख ६० हजार गरी जम्मा ७५ करोड ८१ लाख ६० हजारमा असार ३० गते खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.