काठमाण्डौ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले संस्थापक तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक नियुक्त गरेको छ।
कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीको तर्फबाट प्रकाश मुनि बज्राचार्य तथा सर्वसाधारण सेयरधनीको तर्फबाट सुरक्षा काफ्लेलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार उक्त नियुक्तिलाई अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ।
नवनियुक्त सञ्चालक प्रकाश मुनि बज्राचार्यले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्नेछन् भने सुरक्षा काफ्लेले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्नेछन्।

